नेपालको समय

Wednesday, July 15, 2009

एनआरएन साईप्रसको अध्यक्षमा श्री मनि राज थेबे पुनः निर्वाचित


एनआरएन साईप्रसको नयाँ कार्यसमिति चयनको निम्ति सम्पन्न निर्वाचनमा श्री मनि राज थेबे पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ । दुई चरणमा सम्पन्न गरिएको निर्वाचनमा पहिलो चरणमा लारनाका, लिमासोल, पाफोस र पोलिसमा २१ जूनमा मतदान सम्पन्न गरिएको थियो भने दोस्रो चरण अन्तरगत २८ जूनमा आईयानापा र राजधानि निकोसियामा निर्वाचन सम्पन्न गरिएको थियो।

नवनिर्वाचित अन्य पधाधिकारिहरु उपाध्यक्षमा श्री धनेन्द्र नेम्बाङ्ग र श्री मन बहादुर गुरुङ्ग, महासचिवमा श्री रन्जित कुमार महतो, सचिवमा सुश्री बिष्णु माया वाईवा (अन्जु) कोषध्यक्षमा सुश्री रोजिना जोशी र सदस्यहरुमा श्री गगन कुमार कार्की , श्री मान सिङ्ग गुरुङ्ग, श्री निरज केदेम लिम्बु, श्री सुबास मल्ल र श्री सुरोज मान सिपाई हुनुहुन्छ।

निर्वाचन निष्पक्ष र धांधलिरहित तरिकाले सम्पन्न गर्नको निम्ति श्री अमर सुब्बा प्रमुख रहनु भएको पाँच सदस्सिय निर्वाचन समिति गठन गरिएको थियो। अन्य सदस्यहरुमा श्री कमल रावल, श्री चोमनाथ प्रसाई, श्री राजु भण्डारी, श्री सुरेश श्रेष्ठ हुनुहुन्थ्यो। साथै पर्यबेक्षक टोलिमा श्री विश्वराज घिमिरे र श्री ज्ञान श्रेष्ठ हुनुहुन्थ्यो।

स्रोतः एनसिसि साईप्रस
2009/06/29
Source: NRNA-NCC Cyprus
http://www.nrn.org.np/medianewsdetail.php?id=2038

No comments: