नेपालको समय

Monday, November 23, 2009

एनआरएन साईप्रसद्धारा रंगभेद बिरुद्धको -यालीमा सहभागिता


यहि अक्टोवर ४ मा साईप्रस स्थित राजधानी निकोसियाको केन्द्रमा आप्रबासिहरुद्धारा रंगभेद र भेदभाव बिरुद्ध विशाल -यालीको आयोजना गरिएको थियो । आप्रवासीहरुको हक र अधिकारको निम्ति लड्ने स्थानीय संस्था "किसा" को प्रमुख आयोजनामा एनआरएन-एनसिसि साईप्रस लगायत दर्जन जति स्थानिय र बिदेशी संघ संस्थाहरुले उक्त -यालीमा सहभागिता जनाएका थिए ।
-यालीको आयोजना गर्नु अगावै सबै समर्थक संघ संस्थाका पधाधिकारीहरुद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्ति निकालिएको थियो । गत केहिदिन अघि साईप्रसको प्रहरी बिभाग र अध्यागमन बिभागले संयुक्त रुपमा "झाडु" नामक अपरेसन संचालन गरि सारा बिदेशिहरुलाई आतंकित बनाएका थिए । मध्यरातमा बिदेशिहरु बसेको कोठामा जबरजस्ति गैरकानूनी तरिकाले घुस्ने र छानबिन गर्नुको साथसाथै बैद्धता जनाउने कागजातहरु प्रस्तुत गर्दागर्दै पनि कालो वर्णको वा एसियन मूलको भएकै कारणले हतकडि लगाई महाअपराधिलाई जस्तै दुनियाको सामु घिसार्दै प्रहरीको गाडिमा कोच्नुले साईप्रसजस्तो यूरोपियन यूनियनको सदस्य राष्ट्रमा दिनदहाडै मानव अधिकारको उल्लघंन भएको थियो ।

गैरकानूनी रुपमा बसोबास गर्नेहरुलाई निषेध गर्ने उदेश्यले संचालन गरिएको उक्त "झाडु" अपरेसनको बिरोधस्वरुप निकालिएको -यालीले अपरेसन संचालन गरिएकै परिसर घुम्दै प्रहरी थानाको अगाडि धर्ना दिई थाना अगाडिको सडक पनि अवरुद्ध पारिएको थियो । -याली अन्तमा कोण सभामा परिणत भएको थियो भने अन्तराष्ट्रिय स्तरका मानवअधिकारवादी वक्ताहरुले साईप्रसको प्रहरी बिभाग र अध्यागमन बिभागको कदमको घोर भत्सना गदै सभालाई संबोधन गरेका थिए ।

स्मरण रहोस साईप्रसको प्रहरि बिभाग र इमिग्रेसन बिभागको उक्त कदमको राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा बिरोधहरु भैरहेको छ ।
Source: http://www.nrn.org.np/medianewsdetail.php?id=2077