नेपालको समय

Saturday, March 14, 2009

काठमाडौमा खसी किलोको सात सय


तराई बन्दका कारण खसी ल्याउन नसकिएको र फागुका बेला माग आकाशिएपछि सोमवार काठमाडौमा खसीको मासुको मूल्य बढेको छ।
विहानसम्म ४ सय ५० रुपैयाँ केजी रहेको मासु साँझ ५ सय रुपैया पुगेको थियो। कोटेश्वरलगायत उपत्यकाकै कतिपय स्थानमा भने ७ सय रुपैयाँ केजीमा समेत मासु किन्न उपभोक्ता बाध्य भएका थिए। मैतीदेवी बानेश्वर लगायतका क्षेत्रका मासु पसलमा उपभोक्ताको भीड थियो भने अधिकांश पसलमा दिउसै खसीको मासु सकिएको थियो।
पूर्णिमाको अघिल्लो दिन कलंकी बागबजारलगायतका जिउँदो खसीको ब्यापार हुने क्षेत्रमा माग बढेपछि खुद्रा मासुको समेत मूल्य बढेको बानेश्वरका ब्यापारी राजेन खड्कीले बताए। ´पाँच सय रुपैयाँ केजीका दरले बेच्दा पनि आज दिउसै मासु सकियो, खसी नै छैन मुल्य त बढ्ने नै भयो´ खड्कीले भने।
बर्डफ्लुको प्रवेशसँगै उपत्यकामा कुखुराको मासुको मूल्य खस्केको भएपनि विस्तारै कुखुराको मूल्य पनि बढ्न थालेको छ। खुद्रा मासुको मूल्य बढेपनि कृषकले पाउने मूल्य भने बढेको छैन्। पाँचखालबाट जिउँदो खसी लिएर राजधानी आएका भीम सापकोटाले आफुले मुल्य बढेको थाहा नै नपाएको बताए। ´हिजो अस्ती पनि जिउदो खसीको दाम २ सय ३० रुपैयाँ केजी हो आज पनि त्यही मूल्यामा बेच्ने हो´ सोमबार साँझ शान्तिनगरमा ५ खसी डोर्‍याउदै गरेको अवस्थामा भेटिएका उनले भने।

साइप्रस आउँदै हुनुहुन्छ ? सावधान !

-मनिराज थेबे-
अहिले यहाँ हरेक हप्ता २० देखि ३० जनाको दरमा नेपालीहरु भित्रिँदै छन्। तर मातृभूमि छोड्नु अघि देखेका स्वर्णिम सपनाहरु यहाँको लारनाका विमानस्थलमा ओर्लनासाथ चकनाचुर भइरहेको हुन्छ। नेपालमा च्याउ झैँ खुलेका नाफामुखी एजुकेसन कन्सलटेन्सीहरुको मायावी पाराको प्रचार प्रसार गरेका हुन्छन्- साइप्रसमा सजिलै जीवन निर्वाह गर्न सकिने, काम गरेर ठूलो मात्रामा अर्थ आर्जन गर्न सकिने, खुल्ला रुपमा अन्य यूरोपेली मुलुकहरुमा प्रवेश गर्न सकिने। तर त्यसको ठीक विपरीत यहाँ न त विद्यार्थीहरुले काम गर्ने अनुमति पाउँछन्, न त अन्य कनै युरोपेली मुलुकहरुमा छिर्ने अनुमति पाउँछन्। विश्व आर्थिक मन्दीको चपेटामा फँसिरहेको अवस्थामा यो देश पनि किन अछुतो रहन्थ्यो र। त्यसले गर्दा यहीँका नागरिकहरु समेत दिनानुदिन बेरोजगार बन्दै गइरहेका छन्, बाहिरबाट आएकाहरुको त कुरै छाडौँ। महंगीले आकाश चुमिरहेको छ। पर्यटकहरु भित्रिन छाडेका छन् र यसको प्रत्यक्ष असर पर्यटन व्यवसायसँग सम्बन्धित होटल रेष्टुरेन्टहरुमा देखिएको छ। धमाधम यी व्यवसायहरु बन्द हुँदै जाँदा यी ठाउँहरुमा लुकिछिपी काम गर्ने विशेष गरेर दक्षिण एसियाली मूलका विद्यार्थीहरु बिचल्ली पर्न थालेका छन्। नवआगन्तुक विद्यार्थीहरु ठूलो मानसिक तनावमा पनि पर्ने गर्छन्। धेरै जना त फर्किन्छन् पनि। बित्थामा बाबुबाजेको ठूलो धनराशी व्यर्थमा खर्च भइरहेको हुन्छ यसले।
साइप्रस लामो इतिहास बोकेको मेडिटेरेनियन क्षेत्रमा अवस्थित दक्षिण युरोपको आर्थिक रुपमा सशक्त एक प्रायद्वीप हो। यहाँको जनसंख्या लगभग ७ लाखको हाराहारीमा मात्र भएपनि सन् २००४ मा यूरोपियन यूनियनको सदस्य राष्ट्र बनेपछि विदेशीहरुको चाप बढ्न थालेको छ। दक्षिण एसियाली मूलका नागरिकहरुको लागि रोजगार र उच्च शिक्षा प्राप्तिको लागि प्रख्यात मानिने यो राष्ट्र पश्चिमेली संभ्रान्त मुलुकका मानिसहरुको लागि भने छुट्टी मनाउने र अवकाश प्राप्त ब्रिटिस नागरिकहरुको लागि शान्त अवकाश जीवन जिउने अति सुरक्षित र सभ्य मुलुकको रुपमा चिनिन्छ।
नेपालीहरुका सम्बन्धा नब्बेको दशकमा केही विद्यार्थीहरु भित्रिएको भेटिए पनि संख्यात्मक रुपमा भने २००४ देखि पछि उच्च शिक्षा हासिल गर्न र घरेलु कामदारको रुपमा काम गर्ने अनुमति लिई भित्रिनेहरु बढी पाइन्छ। हाल एक हजारको हाराहारीमा नेपालीहरु यहाँका विभिन्न क्षेत्रमा बसोबास गरिरहेका छन्। गत दुई सालदेखि भने नेपाली विद्यार्थीहरुको चाप अकस्मात बढेको छ। अहिले त हरेक हप्ता २० देखि ३० जनाको दरमा नेपालीहरु भित्रिँदै छन्। मातृभूमि छोड्नुभन्दा अघि देखेका स्वर्णिम सपनाहरु लारनाका विमानस्थलमा ओर्लनासाथ चकनाचुर हुँदैछन्। नेपालमा च्याउ झैँ खुलेका नाफामुखी एजुकेसन कन्सलटेन्सीहरुको मायावी पाराको प्रचार प्रसार र सजिलै प्राप्त गरिने प्रवेशज्ञाका कारण नै यस्तो भइरहेको हामीले पाएका छौँ। एजुकेसन कन्सलटेन्सीहरुले साइप्रसमा सजिलै जीवन निर्वाह गर्न सकिने, काम गरेर ठूलो मात्रामा अर्थ आर्जन गर्न सकिने, खुल्ला रुपमा अन्य यूरोपेली मुलुकहरुमा प्रवेश गर्न सकिने जस्ता भ्रामक प्रचार प्रसार गरिरहेकाले नेपाली विद्यार्थीहरु साइप्रसप्रति आकर्षित भइरहेका छन्। तर त्यसको ठीक विपरीत यहाँ न त विद्यार्थीहरुले काम गर्ने अनुमति पाउँछन्, न त अन्य कनै युरोपेली मुलुकहरुमा छिर्ने अनुमति पाउँछन्। विश्व आर्थिक मन्दीको चपेटामा फँसिरहेको अवश्थामा यो देश पनि किन अछुतो रहन्थ्यो र। त्यसले गर्दा यहीँका नागरिकहरु समेत दिनानुदिन बेरोजगार बन्दै गइरहेका छन्। महंगीले आकाश चुमिरहेको छ। पर्यटकहरु भित्रिन छाडेका छन् र यसको प्रत्यक्ष असर पर्यटन व्यवसायसँग सम्बन्धित होटल रेष्टुरेन्टहरुमा देखिएको छ। धमाधम यी व्यवसायहरु बन्द हुँदै जाँदा यी ठाउँहरुमा लुकिछिपी काम गर्ने विशेष गरेर दक्षिण एसियाली मूलका विद्यार्थीहरु बिचल्ली पर्न थालेका छन्।
यो टापुमा ओर्लनासाथ यहाँको वास्तविकता चाल पाउने नवआगन्तुक विद्यार्थीहरु ठूलो मानसिक तनावमा पनि पर्ने गर्छन्। धेरै जना त फर्किन्छन् पनि। बित्थामा बाबुबाजेको ठूलो धनराशी व्यर्थमा खर्च भइरहेको हुन्छ यसले। एजुकेसन कन्सलटेन्सीहरुले यसरी खुलेआम सर्वसाधारण नेपालीहरुको जिन्दगीसित खेलवाड गरिरहेको अवस्थामा सम्बन्धित निकाय मौन रहनु अचम्मको विषय बनिरहेको छ। शिक्षा हासिललाई मात्र लक्ष्य बनाएर आउने र पारिवारिक स्रोतबाट नै सबै खर्च बेहोरेर पढ्न आउनेहरुको लागि हो भने वातावरण सहज छ तर हामी नेपालीहरु कमैले मात्र यस्तो हैसियत राख्दछौं।
यो सब हुनमा सरकारी निकाय र एजुकेसन कन्सलटेन्सीहरु जति दोषी छन्, त्यति नै दोषी नवआगन्तुक विद्यार्थीहरु पनि छन्। इन्टरनेटको जमानामा पूरै संसार एउटा कोठासित तुलना गर्न थालिएको यो अवस्थामा आवश्यक अनुसन्धान नै नगरी विद्यार्थीहरु हाम्फाल्नु नै सबैभन्दा ठूलो कमजोरी हो साइप्रस आउने विद्यार्थीहरुको। त्यसैले साइप्रस आउन तयारीमा रहनुहुने सबै विद्यार्थी वर्गहरुलाई एक पटक एन आर एन साइप्रसको आधिकारिक इमेलमा सम्पर्क गरी आवश्यक जानकारी लिएर मात्र उचित कदम उठाउन हार्दिक अनुरोध गर्दछौं।
लेखक NRNA-NCC, CYPRUS का अध्यक्ष हुन्। उनलाई nrncyprus@gmail.comमा सम्पर्क गर्न सकिन्छ।
http://www.mysansar.com/2009/03/4732.html