नेपालको समय

Monday, May 4, 2009

Puskar Shah in Cyprus

2 comments:

Anonymous said...

विश्वको कुना कुनामा शान्ति र मित्रताको सन्देश छर्न साइकल यात्रामा आजभन्दा ११ बर्ष पहिले नेपालबाट निस्किएका श्री पुस्कर शाह साइप्रस आईपुगेका छन्। एनआरएन साईप्रसको आथित्यमा आईपुगेका श्री शाहको स्वागत र अभियानमा साथ दिन संस्थाकै अगुवाईमा र स्थानिय ख्यातिप्राप्त संस्था एनएफएससीको समेत संलग्नतामा राजधानि निकोसियाको प्रमुख बाटोहरुमा वहाँसित साईकल र्‍याली आयोजना गरियो।

बिहान १० बजेदेखि शुरुगरिएको उक्त र्‍याली एनएफएससीको अध्क्षय श्री अमर सुब्बाको अगुवाईमा अघि बढाइएको थियो भने उत्साहजनक रुपमा नेपालीहरुले साईकल, मोटरसाईकल र कारमा समेत सहभागिता जनाएका थिए। अघि पछि साइप्रस प्रहरीको ईस्कर्टिङ्गमा सबैभन्दा अगाडि श्री पुस्कर शाह र पछि पछि र्‍यालीमा सहभागि नेपालीहरु हाम्रो देश नेपाललाई झल्काउने बिभिन्न पहिरन, भगवान गौतम बुद्ध र सगरमाथाको फोटो सहितको प्लेकार्ड र राष्ट्रिय झण्डा लिएर अति शान्त र सभ्य तरिकाले र्‍याली गरिंदा सबै नेपालीहरुको मन गौरवान्वित भएको थियो भने अझ बाटोको किनारमा हिडिरहेका स्थानिय सिप्रियोट र बिदेशीहरुले समेत तालि बजाएर र अझ र्‍याली- भिडियो समेत उठाउदा र्‍यालीमा सहभागि सबैमा अझ जोस भर्ने काम गरेको थियो।
र्‍यालीको अन्तमा स्वागत तथा सम्मान कार्यक्रममा परिणत गरिएको थियो। एनआरएनका प्रवक्ता श्री खगेन्द्र भेटवालले श्री शाहको छोटो परिचय दिएर शुरु गरिएको कार्यक्रममा एनआरएन साइप्रसका पूर्व अध्यक्ष तथा साइप्रसमै सबैभन्दा पहिले पाईला टेक्ने नेपालीको रुपमा चिनिनुहुने श्री राम श्रेष्टबाट श्री शाहलाई खदा लगाई सम्मान गरिएको थियो भने प्रमुख सल्लाहकार श्री रामजीवन पंजियारको हातबतट एनआरएन साइप्रसको तर्फबाट आथित्य स्वीकारी पाल्नुभएकोमा कदरपत्र प्रदान गरिएको थियो।

उक्त अवसरमा श्री शाहले अहिले सम्मका आपना सारा तिता मिठा अनुभवहरु ठट्यौली पारामा सुनाउँदा सबैजना मन्त्रमुग्ध भएका थिए। कार्यक्रमको अन्तमा श्री शाहलाई एनआरएन साइप्रसका बर्तमान अध्यक्ष श्री मनिराज थेबेद्धारा साइप्रसको झण्डा उपहार स्वरुप हस्तान्तरण गर्नुको साथै कार्यक्रमकै अवसरमा श्री शाहको अर्को गन्तब्यको सहयोगको निम्ति संकलन गरिएको चन्दा पनि हस्तान्तरण गर्नुभएको थियो भने स्थानिय नेपालीहरुबिच हुन गईरहेको भलिबल प्रतियोगिताको पनि श्री शाहले उत्घाटन गर्नुभएको थियो। उक्त कार्यक्रमको झलकहरु साईप्रसकै दुई प्रख्यात टिभि च्यानलहरुले राष्ट्रिय समाचारको दौरानमा प्रसारण पनि गरेक थिए।

स्मरण रहोस, गत शुक्रबार बिहान पनि श्री शाह लारनाका बिमानस्थलमा ओर्लनासाथ लारनाका स्थित एनआरएन साइप्रसका उपाध्याय श्री उत्तम कुवँरको अगुवाईमा स्थानिय नेपालीहरुले स्वागत समारोहको आयोजना गरेका थिए।

स्रोतः एनआरएन एनसिसि साइप्रस
source:http://www.nrn.org.np/medianewsdetail.php?id=2020

Anonymous said...

Nice post and this post helped me alot in my college assignement. Gratefulness you for your information.