नेपालको समय

Wednesday, April 22, 2009

एनआरएन साईप्रसको राष्ट्रिय अधिबेसन मे १७ मा

अप्रील २१, २००९

एनआरएन साईप्रसको राष्ट्रिय अधिबेसन यहि आउँदो मे महिनाको १७ तारिखको दिन निकोसियास्थित होटल “होलिडे ईन” को सेमिनार क एपोलो एबि मा हुने भएको छ। अधिबेसन तयारि उपसमितिबाट प्राप्त जानकारी अनुसार, बर्तमान कार्यसमितिको कार्यावधि मे १३ मा दुई बर्ष पूरा हुन जाने हुनाले नयाँ कार्यसमिति चयनको निम्ति अधिबेसनको आयोजन गर्न लागिएको हो।
साथै उक्त अधिबेसनलाई सम्बोधन गर्न र एनआरएनएको अभियानमा निरन्तर सहयोग गरेवापत प्रत्य रुपमा कार्यक्रममा उपस्थित भई एनआरएन–एनसिसि साईप्रसलाई धन्यवाद ज्ञापन गर्नको निम्ति एनआरएनए–आईसिसि का अध्य डा.उपेन्द्र महतोले पनि उपस्थित हुने बताईसक्नुभएको कुरा पनि अधिबेसन तयारि उपसमितिबाट प्राप्त भएको छ। कार्यक्रममा उपस्थित हुनसक्ने संभावित अन्य आईसिसिका बिशिष्ट पधाधिकारिहरुमा उपाध्य श्री रामप्रताप थ्ाापा र सदस्य श्री जीवा लामिछाने हुनुहुन्छ भने अधिबेसन पर्यबेकको रुपमा आईसिसिले एकजना पधाधिकारि पनि खटाउने जानकारी प्राप्त हुनआएको छ। यसै सम्बन्धमा एनआरएन–एनसिसि साईप्रसका अध्य श्री मनिराज थेबे सित संपर्क राख्दा कार्यक्रमलाई उपलब्धिमुलक बनाउन धेरै उपसमितिहरु गठन गरिएको र मुलूकको पर्यटन ेत्रलाई प्रमोसन गर्ने एनसिसि साईप्रसको सधैंको धोकोलाई पूरा गर्न उक्त कार्यक्रमकै अवसरमा साईप्रसबाट नेपाल गई हाम्रो देशको सगरमाथा र अन्नपूर्ण हिमाल चड्ने साईप्रसका नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको कुरा बताउनु भयो।
साथै यसै अधिबेसनबाट आउँदो दुई बर्षको निम्ति आईसिसि सदस्य चुनि आउँदो अक्टोबरमा काठमाण्डौमा हुने चौंथो महाअधिबेसनमा प्रतिनिधिको रुपमा पठाई आईसिसिबाट मान्यता प्रदान गराईने जानकारी पनि दिनु भयो अध्य थेबेले। स्मरण रहोस एनसिसि साईप्रसले नेपालमा कोसि बाढी पिडित, पश्चिम नेपाल बाढी पिडित राहत कोष र डोल्मा शेर्पा बचाउ जस्ता अभियानहरुमा चन्दा पठाई महत्वपूर्ण योगदान पु–याईसकेको छ।
http://www.nepalipress.net/nep_prelease/prelease_nep_detail.php?id=930

No comments: