अर्जुन पौडेल, जापान
Swine फ्लुको प्रकोप अब अझ बढी खतरा हुँदै छ। यो एक बिशेष प्रकारको भाईरसबाट हुने रोग हो। रुघा लाग्दा जस्तै हुने यो रोग अहिले संसार भरी चर्चाको बिषय भएको छ। अझ बैज्ञानिक जगतमा यसको जटिल्ताले धेरै प्रश्नहरु खडा गरिदिएको छ।
भाइरसको अर्थ हुन्छ toxin अर्थात poison तर सबै भाईरसहरु हानिकारक हुन्छ भन्ने चाँही गलत हो। भाईरस एक सुक्ष्म जिबाणु हो यसको आकार कुनै ब्याक्टेरिया भन्दा लगभग १०० गुना सानो हुन्छ। कुनैपनि भाईरस मुख्य रुपमा DNA वा RNA बाट बनेका जीनहरुले बनेको हुन्छ। जीननै कुनै पनि जिबित प्राणी वा बनस्पतीको लाखौं गुणहरुको संयुक्त केन्द्र हुने गर्छ। यो जीनलाई कहिले प्रोटिन त कहिले बोसोले बहिरबाट सुरक्षा प्रदान गर्ने गर्दछ।
कुनै पनि भाईरसको अध्यन गर्नु भन्नुको अर्थ हुन्छ यिनै जीनहरुको क्रमता यसको बनौट र यसले प्रर्बाह गर्ने गुणको जानकारी। जब कुनै पनि भाईरसको जीनको पूर्ण रुपमा अध्यन गरिन्छ,तब यसको बिरुद्धको दबाई वा खोपको बिकास सम्भव हुन्छ। अझसम्ममा संसार भरी लगभग ५००० को सख्यामा भाईरसहरु पत्तालागेको बाताइएको छ तर अचम्म;सयौको सख्यामा यसको बिकास भैराखेको छ। जब कुनै भाईरसको पूर्ण अध्यन गरिन्छ तब किन यसको बिरुद्ध प्रभावकारी दबाई वा खोपको बिकास गर्न सकिएको छैन? त्यसो त भाईरसको बिरुद्धमा खोपहरुको बिकास नभएको हैन तर केही समय पछि फेरी यो भाईरसको लागि काम नगर्ने हुन सक्छ।
कुनै पनि भाईरस जिबित प्राणी वा बनस्पतीबिना रहन सक्दैन। यसको बिकास हुन र जिबित रहन यसलाई प्राणी वा बनस्पतीको शरीरमा रहन आबस्यक हुन्छ। प्राणीको शरीर बाहिर रहेकोबेला प्रोटिन वा बोसोले यसलाई केही समय सुरक्षा प्रदान गर्छ। मुख्य कुरा यो हो, जब कुनै पनि भाईरस जिबित प्राणी वा बनस्पतीको कोषमा रहन्छ यसले त्यी जिबित प्राणी वा बनस्पतीको कोषमा वा शरीरमा रहेको अन्य जिबाणुको जीनसँग मिसिएर नयाँ जीनहरुको श्रङ्खला तयार गर्दछ,तब नयाँ जीनहरुको श्रङ्खलाले त्यो भाईरसले पुरानो नभई बिल्कुल नयाँ गुण लिनपुग्छ। अब यसरी बनेको नयाँ भाईरस बिल्कुल नयाँ र पहिलेको भन्दा पनि खतरनाक हुन पनि सक्छ। यसरी दिनानुदिन नयाँ प्रकारको, नयाँ गुण लिएर बिकासहुने भाईरसहरुको बनौट जटिल हुँदै जान्छ र त्यसको बिरुदमा बनाइएको खोप वा उपचारको सिमितता कायमा हुन पुग्छ।
यस्तै भएको छ आहिले यो Swine फ्लुको कारक भाईरसको लागि पनि । Influenzavirus C नाम दिएको यो भाईरस मानिसमा हुने इन्लुएन्जा, एबियन इन्फ्लुएन्जा र बङुरमा हुने दुई प्रकारको इन्फ्लुएन्जाबाट बनेको हो। मानिसमा हुने इन्फ्लुएन्जा र बङुरमा हुने इन्फ्लुएन्जा एक आपसमा सर्दैन भन्ने गरेको भए पनि यो नयाँ इन्फ्लुन्जा जो कोहीलाई पनि सर्ने बताइेको छ । जटिल रुपमा मिसिएर बनेकोले गर्दा यसको बनौटको अध्यन गरेर यसको बिरुद्धमा खोप बनाउन समय लगेको छ। बङुरहरु त यो नयाँ भाईरस बनाउनको लागि मिस्रणगर्ने भाडो मात्र हुन्। यसलाई “fits into the mixing vessel hypothesis,” पनि भनिएको छ। हाल यो भाईरस पहिलो पटक कहाँ बिकास भयो थाहा हुन सकेको छैन तर मेक्सिकोबाट यो पहिलो पटक देखा परेको छ।
र यसको प्रकोप अन्य महादेशमा झै एशियामा पनि देखा परेको छ। साईन्स पत्रिकाको अनुसार कोरिया प्रायद्दिपमा यसको आशंकाले त झन बढी चिन्तानै थपेको छ। यदी यो रोग दक्षिण एशियासम्म आयो भने यसको प्रकोपको सिमा सोच्न नसकिने खालको हुने निस्चित प्राय छ। अझ बढी खतरा त यो भाईरसको फैलन सक्ने क्षमता र यसले मानब शरीर र जनवारको शरीरमा रहेको अन्य भाईरस वा जिबाणुहरुसँग मिसियर नयाँ प्रकारको गुण लिन सक्ने डरले बैज्ञानिकहरुलाई थप तनाब दिईरहेको छ।
बैज्ञानिक जगतले यो भाईरसको अरु भाईरससँगको मिश्रणले हुनसक्ने खतराको लागि,यो भाईरस प्राकिर्तिकरुपमा मिसिनु भन्दा अगाडिनै पायोगशालामा,यसलाई अरु मानब वा जनावारको भाईरससँग मिसाएर अध्यन गरिनु पर्ने र भबिश्यमा यसले पार्न सक्ने हानीबाट बच्ने उपायको बारेमा एकमत हुन थालेका छन् ।
हाल सम्म प्रारम्भिक अबश्थाको बेला केही भाईरस बिरुदको औषधीले यसलाई काम गर्ने गरेको छ तर यदी बढीनै आक्रमण भएको अवस्थामा भने मृत्यु पनि हुन सक्ने हुँदा रोग लाग्नु भन्दा रोग लाग्न नदिनु नै प्रमुख उपाय हुन आउछ। यसको लागि, यदी भाईरसको सम्क्रमणको लक्षण जस्तै ज्वोरो आउनु , घाटी दुख्नु, शरीर दुख्नु, टाउको दुख्नु, खोकी लाग्नु, कहीले काही पखला लाग्नु र असजिलो अनुभब गर्नु आदि देखा परेमा डाक्टरको सल्लाह लिने, प्रचुरमात्रमा झोल कुरा खानु, मास्क लगाएर हिंड्ने जस्ता कुरामा ध्यान दिनु पर्छ।
http://www.oursansar.com/
नेपालको समय
Saturday, May 2, 2009
Thursday, April 23, 2009
Nepal Tourism Year 2011
Government of Nepal in consultation with Nepalese travel trade sector and concerned organizations/experts decided on October 25, 2008 to launch a national tourism campaign "Nepal Tourism Year 2011". This announcement reflects the government’s anticipation to bring into Nepal at least one million international tourists by the year 2011 and tourism industry’s exigency to organize a tourism promotion campaign for wider impact.
With the badge of adventure destination glittering and the adage “Atithi Devo Bhava” (Guests are Gods) embedded in our culture, the portfolio of tourism products never cease to mesmerize the visitors. The unparallel cultural, geographical, ethnic and bio diversities of the country allure visitors to Nepal time and again which truly substantiates the spirit of Nepal tourism brand ‘Naturally Nepal, once is not enough !'
The concept of Nepal Tourism Year 2011 envisions harnessing these opportunities and strengths and bringing together the commitment of the government, expertise and experiences of the organizations like Nepal Tourism Board, aptitude and dynamism of the private sector and communities for further tourism development in the country. Representation and active participation from the major political parties, members of the Constitution Assembly and Right groups is always taken into prominence in order to make the campaign inclusive and participatory in modus operandi and effective in result. The campaign will also focus on mobilizing the networks of the Non-Resident Nepalis (NRN) communities, Nepalese diplomatic missions abroad, INGOs and NGOs, airlines and national and international media. Similarly, friends and well-wishers of Nepal, tourism academicians and celebrities will be approached in order to highlight the campaign internally as well as internationally.
FOR more information please logon to http://nepaltourismyear2011.org/

Wednesday, April 22, 2009
एनआरएन साईप्रसको राष्ट्रिय अधिबेसन मे १७ मा
अप्रील २१, २००९
एनआरएन साईप्रसको राष्ट्रिय अधिबेसन यहि आउँदो मे महिनाको १७ तारिखको दिन निकोसियास्थित होटल “होलिडे ईन” को सेमिनार क एपोलो एबि मा हुने भएको छ। अधिबेसन तयारि उपसमितिबाट प्राप्त जानकारी अनुसार, बर्तमान कार्यसमितिको कार्यावधि मे १३ मा दुई बर्ष पूरा हुन जाने हुनाले नयाँ कार्यसमिति चयनको निम्ति अधिबेसनको आयोजन गर्न लागिएको हो।
साथै उक्त अधिबेसनलाई सम्बोधन गर्न र एनआरएनएको अभियानमा निरन्तर सहयोग गरेवापत प्रत्य रुपमा कार्यक्रममा उपस्थित भई एनआरएन–एनसिसि साईप्रसलाई धन्यवाद ज्ञापन गर्नको निम्ति एनआरएनए–आईसिसि का अध्य डा.उपेन्द्र महतोले पनि उपस्थित हुने बताईसक्नुभएको कुरा पनि अधिबेसन तयारि उपसमितिबाट प्राप्त भएको छ। कार्यक्रममा उपस्थित हुनसक्ने संभावित अन्य आईसिसिका बिशिष्ट पधाधिकारिहरुमा उपाध्य श्री रामप्रताप थ्ाापा र सदस्य श्री जीवा लामिछाने हुनुहुन्छ भने अधिबेसन पर्यबेकको रुपमा आईसिसिले एकजना पधाधिकारि पनि खटाउने जानकारी प्राप्त हुनआएको छ। यसै सम्बन्धमा एनआरएन–एनसिसि साईप्रसका अध्य श्री मनिराज थेबे सित संपर्क राख्दा कार्यक्रमलाई उपलब्धिमुलक बनाउन धेरै उपसमितिहरु गठन गरिएको र मुलूकको पर्यटन ेत्रलाई प्रमोसन गर्ने एनसिसि साईप्रसको सधैंको धोकोलाई पूरा गर्न उक्त कार्यक्रमकै अवसरमा साईप्रसबाट नेपाल गई हाम्रो देशको सगरमाथा र अन्नपूर्ण हिमाल चड्ने साईप्रसका नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको कुरा बताउनु भयो।
साथै यसै अधिबेसनबाट आउँदो दुई बर्षको निम्ति आईसिसि सदस्य चुनि आउँदो अक्टोबरमा काठमाण्डौमा हुने चौंथो महाअधिबेसनमा प्रतिनिधिको रुपमा पठाई आईसिसिबाट मान्यता प्रदान गराईने जानकारी पनि दिनु भयो अध्य थेबेले। स्मरण रहोस एनसिसि साईप्रसले नेपालमा कोसि बाढी पिडित, पश्चिम नेपाल बाढी पिडित राहत कोष र डोल्मा शेर्पा बचाउ जस्ता अभियानहरुमा चन्दा पठाई महत्वपूर्ण योगदान पु–याईसकेको छ।
http://www.nepalipress.net/nep_prelease/prelease_nep_detail.php?id=930

Saturday, March 14, 2009
काठमाडौमा खसी किलोको सात सय
तराई बन्दका कारण खसी ल्याउन नसकिएको र फागुका बेला माग आकाशिएपछि सोमवार काठमाडौमा खसीको मासुको मूल्य बढेको छ।
विहानसम्म ४ सय ५० रुपैयाँ केजी रहेको मासु साँझ ५ सय रुपैया पुगेको थियो। कोटेश्वरलगायत उपत्यकाकै कतिपय स्थानमा भने ७ सय रुपैयाँ केजीमा समेत मासु किन्न उपभोक्ता बाध्य भएका थिए। मैतीदेवी बानेश्वर लगायतका क्षेत्रका मासु पसलमा उपभोक्ताको भीड थियो भने अधिकांश पसलमा दिउसै खसीको मासु सकिएको थियो।
पूर्णिमाको अघिल्लो दिन कलंकी बागबजारलगायतका जिउँदो खसीको ब्यापार हुने क्षेत्रमा माग बढेपछि खुद्रा मासुको समेत मूल्य बढेको बानेश्वरका ब्यापारी राजेन खड्कीले बताए। ´पाँच सय रुपैयाँ केजीका दरले बेच्दा पनि आज दिउसै मासु सकियो, खसी नै छैन मुल्य त बढ्ने नै भयो´ खड्कीले भने।
बर्डफ्लुको प्रवेशसँगै उपत्यकामा कुखुराको मासुको मूल्य खस्केको भएपनि विस्तारै कुखुराको मूल्य पनि बढ्न थालेको छ। खुद्रा मासुको मूल्य बढेपनि कृषकले पाउने मूल्य भने बढेको छैन्। पाँचखालबाट जिउँदो खसी लिएर राजधानी आएका भीम सापकोटाले आफुले मुल्य बढेको थाहा नै नपाएको बताए। ´हिजो अस्ती पनि जिउदो खसीको दाम २ सय ३० रुपैयाँ केजी हो आज पनि त्यही मूल्यामा बेच्ने हो´ सोमबार साँझ शान्तिनगरमा ५ खसी डोर्याउदै गरेको अवस्थामा भेटिएका उनले भने।
साइप्रस आउँदै हुनुहुन्छ ? सावधान !
-मनिराज थेबे-
अहिले यहाँ हरेक हप्ता २० देखि ३० जनाको दरमा नेपालीहरु भित्रिँदै छन्। तर मातृभूमि छोड्नु अघि देखेका स्वर्णिम सपनाहरु यहाँको लारनाका विमानस्थलमा ओर्लनासाथ चकनाचुर भइरहेको हुन्छ। नेपालमा च्याउ झैँ खुलेका नाफामुखी एजुकेसन कन्सलटेन्सीहरुको मायावी पाराको प्रचार प्रसार गरेका हुन्छन्- साइप्रसमा सजिलै जीवन निर्वाह गर्न सकिने, काम गरेर ठूलो मात्रामा अर्थ आर्जन गर्न सकिने, खुल्ला रुपमा अन्य यूरोपेली मुलुकहरुमा प्रवेश गर्न सकिने। तर त्यसको ठीक विपरीत यहाँ न त विद्यार्थीहरुले काम गर्ने अनुमति पाउँछन्, न त अन्य कनै युरोपेली मुलुकहरुमा छिर्ने अनुमति पाउँछन्। विश्व आर्थिक मन्दीको चपेटामा फँसिरहेको अवस्थामा यो देश पनि किन अछुतो रहन्थ्यो र। त्यसले गर्दा यहीँका नागरिकहरु समेत दिनानुदिन बेरोजगार बन्दै गइरहेका छन्, बाहिरबाट आएकाहरुको त कुरै छाडौँ। महंगीले आकाश चुमिरहेको छ। पर्यटकहरु भित्रिन छाडेका छन् र यसको प्रत्यक्ष असर पर्यटन व्यवसायसँग सम्बन्धित होटल रेष्टुरेन्टहरुमा देखिएको छ। धमाधम यी व्यवसायहरु बन्द हुँदै जाँदा यी ठाउँहरुमा लुकिछिपी काम गर्ने विशेष गरेर दक्षिण एसियाली मूलका विद्यार्थीहरु बिचल्ली पर्न थालेका छन्। नवआगन्तुक विद्यार्थीहरु ठूलो मानसिक तनावमा पनि पर्ने गर्छन्। धेरै जना त फर्किन्छन् पनि। बित्थामा बाबुबाजेको ठूलो धनराशी व्यर्थमा खर्च भइरहेको हुन्छ यसले।
साइप्रस लामो इतिहास बोकेको मेडिटेरेनियन क्षेत्रमा अवस्थित दक्षिण युरोपको आर्थिक रुपमा सशक्त एक प्रायद्वीप हो। यहाँको जनसंख्या लगभग ७ लाखको हाराहारीमा मात्र भएपनि सन् २००४ मा यूरोपियन यूनियनको सदस्य राष्ट्र बनेपछि विदेशीहरुको चाप बढ्न थालेको छ। दक्षिण एसियाली मूलका नागरिकहरुको लागि रोजगार र उच्च शिक्षा प्राप्तिको लागि प्रख्यात मानिने यो राष्ट्र पश्चिमेली संभ्रान्त मुलुकका मानिसहरुको लागि भने छुट्टी मनाउने र अवकाश प्राप्त ब्रिटिस नागरिकहरुको लागि शान्त अवकाश जीवन जिउने अति सुरक्षित र सभ्य मुलुकको रुपमा चिनिन्छ।
नेपालीहरुका सम्बन्धा नब्बेको दशकमा केही विद्यार्थीहरु भित्रिएको भेटिए पनि संख्यात्मक रुपमा भने २००४ देखि पछि उच्च शिक्षा हासिल गर्न र घरेलु कामदारको रुपमा काम गर्ने अनुमति लिई भित्रिनेहरु बढी पाइन्छ। हाल एक हजारको हाराहारीमा नेपालीहरु यहाँका विभिन्न क्षेत्रमा बसोबास गरिरहेका छन्। गत दुई सालदेखि भने नेपाली विद्यार्थीहरुको चाप अकस्मात बढेको छ। अहिले त हरेक हप्ता २० देखि ३० जनाको दरमा नेपालीहरु भित्रिँदै छन्। मातृभूमि छोड्नुभन्दा अघि देखेका स्वर्णिम सपनाहरु लारनाका विमानस्थलमा ओर्लनासाथ चकनाचुर हुँदैछन्। नेपालमा च्याउ झैँ खुलेका नाफामुखी एजुकेसन कन्सलटेन्सीहरुको मायावी पाराको प्रचार प्रसार र सजिलै प्राप्त गरिने प्रवेशज्ञाका कारण नै यस्तो भइरहेको हामीले पाएका छौँ। एजुकेसन कन्सलटेन्सीहरुले साइप्रसमा सजिलै जीवन निर्वाह गर्न सकिने, काम गरेर ठूलो मात्रामा अर्थ आर्जन गर्न सकिने, खुल्ला रुपमा अन्य यूरोपेली मुलुकहरुमा प्रवेश गर्न सकिने जस्ता भ्रामक प्रचार प्रसार गरिरहेकाले नेपाली विद्यार्थीहरु साइप्रसप्रति आकर्षित भइरहेका छन्। तर त्यसको ठीक विपरीत यहाँ न त विद्यार्थीहरुले काम गर्ने अनुमति पाउँछन्, न त अन्य कनै युरोपेली मुलुकहरुमा छिर्ने अनुमति पाउँछन्। विश्व आर्थिक मन्दीको चपेटामा फँसिरहेको अवश्थामा यो देश पनि किन अछुतो रहन्थ्यो र। त्यसले गर्दा यहीँका नागरिकहरु समेत दिनानुदिन बेरोजगार बन्दै गइरहेका छन्। महंगीले आकाश चुमिरहेको छ। पर्यटकहरु भित्रिन छाडेका छन् र यसको प्रत्यक्ष असर पर्यटन व्यवसायसँग सम्बन्धित होटल रेष्टुरेन्टहरुमा देखिएको छ। धमाधम यी व्यवसायहरु बन्द हुँदै जाँदा यी ठाउँहरुमा लुकिछिपी काम गर्ने विशेष गरेर दक्षिण एसियाली मूलका विद्यार्थीहरु बिचल्ली पर्न थालेका छन्।
यो टापुमा ओर्लनासाथ यहाँको वास्तविकता चाल पाउने नवआगन्तुक विद्यार्थीहरु ठूलो मानसिक तनावमा पनि पर्ने गर्छन्। धेरै जना त फर्किन्छन् पनि। बित्थामा बाबुबाजेको ठूलो धनराशी व्यर्थमा खर्च भइरहेको हुन्छ यसले। एजुकेसन कन्सलटेन्सीहरुले यसरी खुलेआम सर्वसाधारण नेपालीहरुको जिन्दगीसित खेलवाड गरिरहेको अवस्थामा सम्बन्धित निकाय मौन रहनु अचम्मको विषय बनिरहेको छ। शिक्षा हासिललाई मात्र लक्ष्य बनाएर आउने र पारिवारिक स्रोतबाट नै सबै खर्च बेहोरेर पढ्न आउनेहरुको लागि हो भने वातावरण सहज छ तर हामी नेपालीहरु कमैले मात्र यस्तो हैसियत राख्दछौं।
यो सब हुनमा सरकारी निकाय र एजुकेसन कन्सलटेन्सीहरु जति दोषी छन्, त्यति नै दोषी नवआगन्तुक विद्यार्थीहरु पनि छन्। इन्टरनेटको जमानामा पूरै संसार एउटा कोठासित तुलना गर्न थालिएको यो अवस्थामा आवश्यक अनुसन्धान नै नगरी विद्यार्थीहरु हाम्फाल्नु नै सबैभन्दा ठूलो कमजोरी हो साइप्रस आउने विद्यार्थीहरुको। त्यसैले साइप्रस आउन तयारीमा रहनुहुने सबै विद्यार्थी वर्गहरुलाई एक पटक एन आर एन साइप्रसको आधिकारिक इमेलमा सम्पर्क गरी आवश्यक जानकारी लिएर मात्र उचित कदम उठाउन हार्दिक अनुरोध गर्दछौं।
लेखक NRNA-NCC, CYPRUS का अध्यक्ष हुन्। उनलाई nrncyprus@gmail.comमा सम्पर्क गर्न सकिन्छ।
http://www.mysansar.com/2009/03/4732.html

Subscribe to:
Posts (Atom)